पुबुदु दासानायके आज क्यानडा जाने

जेठ २१, काठमाडौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके आज क्यानडा जाने भएका छन् । नेपाल क्रिकेट संघले उनको पदावधी थप्ने या नथप्ने केही निर्णय गर्न नसकेपछि अन्यौलकाबीच दासानायके क्यानडा जान लागेका हुन । क्यानले उनकालागि एकतर्फी टिकटको व्यवस्था गरेको छ । पछिल्लो समय क्यान भित्रको आन्तरिक किचलोका कारण उनको पदावधी थप्ने विषयमा कुनै निर्णय भइसकेको छैन् । क्यानका महासचिब अशोकनाथ प्याकुरेलले दासानायकेलाई मासिक १२ हजार डलर दिन नसक्ने बताउदै अहिले उनको संम्झौता थप गर्न नसकिने तर्क गरेका छन् । क्यानसग भएको सम्झौता यही जुन महिनामा सकिदैछ । पुबुदुले नेपाली क्रिकेट टिम सम्हालेपछि ठूलै फड्को मारेकाले उनको सम्झौता थप्नुपर्ने आवाजपनि त्यत्तिकै उठेको छ ।