संसद खुलाउने बिषयमा शीर्ष नेताबिच आजपनि छलफल

जेठ २१, काठमाडौ– प्रधानमन्त्री सुशील कोईरालाले तीन दिनदेखि अवरुद्ध व्यवस्थापिका संसद सुचारु गर्न आजपनि बिपक्षी दलका शीर्ष नेताहरु छलफल गर्ने तयारी गर्नुभएको छ । मंगलवार भएको प्रमुखदलका शिर्ष नेताहरुसंगको छलफल निकर्षमा पुग्न नसकेपछि वुधवार पनि छलफल गर्न लाग्नु भएको हो । शिर्ष नेताहरुसंगको छलफल दिउसो ३ बजे पछि संबिधानसभा भवन नयां बानेश्वर हुने बताईएको छ । यसअघि भएको वार्तामा प्याकेजमा समाधान गर्ने विषयमा छलफल भएको थियो । नेकपा एमालेले उच्चस्तरिय राजनीतिक समिति गठन गर्ने विषयमा पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले एक दिनको समय मागेको थियो । आजको छलफललले निष्कर्ष निकाल्ने कांग्रेस महामन्त्री कृष्ण सिटौलाले जानकारी दिनुभयो ।