आधीका कारण तेहरानमा ४ जनाको मृत्यु

जेठ २०, काठमाडौ– इरानको राजधानी तेहरानमा धुलोसहित आएको तीव्र गतिको आधीका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ । एक सय १० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आाधीका कारण तीस भन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन् । हावाहुरीका कारण सहरमा धेरैजसो रुख ढलेर बाटो सडक अबरुद्ध भएको अधिकारीहरुले जनाएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार भारी धुलोसहित तेहरानमा पहिलो पटक यती ठूलो आाधी आएको हो । समाचार एजेन्सी एपीका अनुसार हावाहुरीले बिजुलीका पोलहरु ढल्दा विद्युत आपूर्ति अबरुद्ध भएको छ भने कयौं हवाइ उडान बन्द भएका छन् ।