जेठ २०, एजेन्सी–स्पेनका राजा हुआन कार्लोसले स्वेच्छाले सिंहासन छोड्ने भएका छन् । त्यहााका प्रधानमन्त्री मारियानो राजोयले राजा कार्लोसले स्वेच्छाले पद छोड्ने फैसला गरेको बताएका छन् । ७६ वर्षीय राजा कार्लोस सन् १९७५ देखि सिंहासनमा छन् । उनले तानाशाह फ्रान्सिस्को फ्रैंकको मृत्युपछि सत्ता हातमा लिएका थिए । राजा कार्लोसले सिंहासन छोडेपछि ४५ वर्षीय युवराज फिलिप राजगद्दीमा बस्नेछन् । लामो समयसम्म गद्दीमा बसेका राजा कार्लोस संसारका सबैभन्दा लोकप्रिय राजा हुन् । तर, पछिल्लो समय उनीविरुद्ध असन्तुष्टी बढ्न थालेपछि उनले स्वेच्छाले गद्धी त्याग गर्न लागेको प्रधानमन्त्री राजोयले बताएका छन् । राजा कार्लोसकी छोरी दामादलाई भ्रष्टाचारको आरोप लागेपछि राजामाथि पनि प्रश्न चिह्न उठ्न थालेको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
