जेठ २०, काठमाडौ–सरकारले कृषकहरुलाई सहुलियत कार्ड वितरण गर्ने भएको छ । त्यसका लागि कृषि मन्त्रालयले कृषकहरूको पहिचान र वर्गीकरण गरी तोकिएको सुविधाहरू उपलब्ध गराउन र उत्पादकत्व वृद्धिमार्फत जनताको खाद्य पोषण सुरक्षा सुनिश्चित गर्न ‘कृषकलाई सहुलियत कार्ड’ वितरण तथा प्रयोग निर्देशिका, २०७१ को मस्यौदा तयार गरिसकेको छ । राष्ट्रिय कृषि नीति, २०६१ अनुसार कम स्रोतसाधन भएका कृषकहरूलाई रासायनिक र प्राङ्गारिक मल एवम् उन्नत बीउबिजनलगायतका कृषि सामग्रीमा अनुदान उपलब्ध गराउने उद्देश्यले सहुलियत कार्ड वितरण गर्न लागिएको हो । सरकारले कृषकलाई आव २०५५/५६ देखि रासायनिक मलमा र आव २०६८/६९ देखि प्राङ्गारिक मल एवम् उन्नत बीउबिजनमा अनुदान उपलब्ध गराउादै आएको छ । अनुदानका अतिरिक्त अन्य सहुलियत उपलब्ध गराउन एकद्वार प्रणाली लागू गर्न कार्डको व्यवस्था गर्न लागिएको हो ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी