केपी वली स्वेदश फर्किदै

जेठ २०, काठमाडौ– थाइल्याण्डमा उपचार गराइरहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओली आज स्वदेश फर्किदै हुनुहुन्छ । करिब १ महिनाको उपचारपछि आज दिउसो साढे १२ बजे उहा काठमाडौं आइपुग्नुहुने एमालेले जनाएको छ । उपचारपछि उहाको स्वास्थमा सुधार आएको ओली निकट नेताहरुले बताएका छन् । एमाले नेता तथा कार्यकर्ताहरु ओलीको स्वागतका लागि विमानस्थल जाने तयारी गरेका छन् । असार तेस्रो साता काठमाडौंमा हुने महाधिवेशनमा ओली पनि अध्यक्षका प्रत्यासी हुनुहुन्छ ।