संविधानसभाको बैठक आज पनि बस्ने

जेठ २०, काठमाडौ– संविधानसभाको बैठक आज पनि बस्दै छ । आजको बैठकमा तत्कालिन राज्यको पुन:संरचना र राज्यशक्तिको बाडफाट समितिको प्रारम्भिक मस्यौदामा भएको सहमति र असहमतिको निक्र्यौलसम्बन्धी प्रतिवेदन २०७१ मा सभासद््हरूले बोल्नेक्रम जारी रहनेछ । सो प्रतिवेदनमा आफ्नो धारणा राख्नका लागि करिव ४ सय सभासद्हरुले नाम टिपाएका छन् भने अहिलेसम्म सय जनाजतिले मात्र धारणा राखेका छन् । बााकी सदस्यहरुले आज पनि आफ्नो धारणा राख्ने भएका छन् । संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिले प्रस्तुत गरेको सो प्रतिवेदन एवम् सोसाग सम्बन्धित पुरक प्रतिवेदनमाथि एकीकृतरुपमा बैठकमा सभासद्हरूले बोल्ने क्रम विहीबारदेखि सुरु भएको हो ।