चन्दले आफैंलाई पार्टी अध्यक्ष घोषणा गरे

जेठ १९, काठमाडौ–राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले आफैंलाई पार्टी अध्यक्ष घोषणा गर्नु भएको छ । नेता चन्दले आज बिहान पार्टी केन्द्रीय कार्यालयमा आफू समर्थक केही नेता तथा कार्यकर्ता भेला गरी आफूलाई अध्यक्ष घोषणा गर्नु भएको हो । पूर्वसहमति अनुसार अध्यक्ष सूर्यबहादुर थापाले पद नछाडेपछि आफूले आफैंलाई अध्यक्ष घोषणा गर्नु परेको चन्दको दाबी छ । गत वर्ष सम्पन्न एकता महाधिवेशनमा थापा, चन्द, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले पालैपालो एक वर्ष पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्ने सहमति भएको थियो ।