आईपिएलको उपाधि कोलकत्ता नाईट राईडस्को हातमा

जेठ १९, एजेन्सी– इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता आईपिएलको उपाधि कोलकत्ता नाईट राईडस्ले जितेको छ । गएराती भएको फाइनल खेलमा किङस इलेभेन पन्जाबलाई ३ विकेटको पराजित गर्दै कोलकत्ताले उपाधि जितेको हो । भारतको बैङलोरमा रहेको एम चिन्वास्वामी रंगशालामा पन्जाबले दिएको २ सय रनको लक्ष्य कोलकत्ता नाईट राईडस्ले १९ दशमलब ३ ओभरमा ७ विकेटको क्षतीमा पुरा गरेको थियो । कोलकत्ताको जितमा मनिस पाण्डेले सर्वाधीक ९४ रन बनाए भने युसुफ पठानले ३६ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेटको क्षतीमा १ सय ९९ रन बनाएको थियो । पन्जाबका लागि रिद्धिमान शाहले सर्वाधीक १ सय १५ रन तथा मनन बोहराले ६७ रन बनाए ।