एमालेमा महासचिवको प्रतिवेदनमाथि छलफल हुने

जेठ १९, काठमाडौ– नेकपा एमालेको केन्द्रिय कमिटि बैठकमा आज महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल शुरु हुादैछ । एमाले पार्टी मुख्यालय बल्खुमा दिउासो १ बजे बस्ने बैठकमा साागठनिक प्रतिबेदनमाथि छलफल हुन लागेको हो । हिजोको बैठकले अध्यक्ष झलनाथ खनालको राजनीतिक दस्तावेज सर्बसम्मत पारित गरेको थियो । शान्तिपूर्ण जनक्रान्तिको उपलव्धि संस्थागत गरौं, जनताको बहुदलीय जनबादको मार्गदर्शनमा सम्बृद्ध नेपाल निर्माण गरौं भन्ने नारा तय गरेको एमालेले नेपाली समाज अब पुाजिवादी युगमा प्रवेश गरेको निष्कर्ष निकालेको छ । एमालेले असार १९ देखि २४ गतेसम्म नवौं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।