संविधानसभाको बैठक आज पनि बस्दै

जेठ १९, काठमाडौ–संविधानसभाको बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा तत्कालीन राज्यको पुन:संरचना र राज्यशक्तिको बााडफााड समितिको प्रारम्भिक मस्यौदामा भएको सहमति र असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन २०७१ मा सभासद््हरूले बोल्नेक्रम जारी रहनेछ । संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिले प्रस्तुत गरेको सो प्रतिवेदन एवम् सोसाग सम्बन्धित पुरक प्रतिवेदनमाथि एकीकृतरुपमा बैठकमा सभासद्हरूले बोल्ने क्रम विहीबारदेखि सुरु भएको हो । प्रमुख दलका शीर्ष नेताहरुले समेत आ आफ्नो धारणा राखेका थिएा । बााकी रहेका सदस्यहरुले आज पनि आ आफ्नो धारणा राख्नेछन् ।