दरबार हत्याकाण्डको १२ बर्ष पुरा

जेठ १९ , काठमाडौ–आज जेठ १९ गते, राजदरबार हत्याकाण्ड भएको १२ बर्ष पुरा भएको छ । तत्कालिन राजा विरेन्द्र शाहको वंश नास हुने गरि भएको दरबार हत्याकाण्डको १२ बर्ष पुरा भएको हो । २०५८ साल जेठ १९ गते शुक्रबार राती भारदारी भोजमा युवराज दिपेन्द्रले नशाको अवस्थामा परिवारका सबै सदस्यलाई गोली हानि हत्या गरिएको थियो । वंश नाश हुने गरी भएको हत्याकाण्डका सम्बन्धमा उच्चस्तरीय छानविन समिति गठन गरेर प्रतिबेदन सार्वजनिक गरेपनि प्रतिबेदनलाई धेरैले विश्वास गर्न सकेका छैनन् । दरबार हत्याकाण्डमा राजा विरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र, निराजन, श्रुती लगायत परिवारका अन्य सदस्यहरु गरि १० जनाको हत्या भएको थियो । नेपाली नागरिकले कहिल्यै नविर्सने यो त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नया मोड लिएको थियो । त्यसपछि वीरेन्द्रका भाई ज्ञानेन्द्र शाहले उत्तराधिकार सम्हालेका थिए । जनआन्दोलन २०६२/६३ को सफलतासंगै मुलुक गणतन्त्र घोषित भएपछि २ सय ४० बर्षको ईतिहास रहेको राजतन्त्रको अन्त्य भएको थियो । राजा विरेन्ऽको वंशनाश भएको दिनको संम्झनामा आज विहानै देखि विभिन्न संघसंस्थाहरुले विविध कार्यक्रमको आयोजना गरेका छन् । स्वर्गीय राजा वीरेन्ऽ, रानी ऐश्वर्य तथा पूर्व राजपरिवारको सम्झनामा जावलाखेलस्थित राजा विरेन्ऽको शालिकमा माल्यार्पण गरिने कार्यक्रम रहेको छ । आज भन्दा १३ वर्ष पहिले २०५८ साल जेठ १९ गते राति तत्कालिन राजा विरेन्ऽको सम्पूर्ण वंश नै नास हुने गरी हत्याकाण्ड भएको थियो । रहस्यकै गर्भमा रहेको दरबार हत्याकाण्डको विषयमा अझै ठोस छानविन सुरु भएको छैन । घटनालगत्तै गठन भएको छानविन समितिले तत्कालिन युवराज दीपेन्द्रले हत्या गरेको प्रतिवेदन सार्वजनिक गरे पनि नेपाली जनताले विश्वास भने गरेको देखिदैन ।