व्यवस्थापिका संसदको वैठक विपक्षीद्धारा अवरुद्ध

जेठ १८, काठमाडौ– एकीकृत माओवादीले अबरोध गरेपछि स्थगित भएको व्यवस्थापिका संसदको बर्षे अधिवेशन आईतबार पनि सुरु हुन सकेको छैन ।
संसद अधिवेशन सूचारु गर्ने बिषयमा सत्तारुढ दल नेपाली कााग्रेसले बिभिन्न तहमा छलफल चलाए पनि दिउासो तीन बजेबाट सुरु हुने भनिएको संसद बैठक आझै सुरु हुन नसकेको हो ।
एकीकृत माओवादीले शुक्रबारको संसद बैठकमा उच्चस्तरीय राजनीतिक समिति सक्रिय बनाउनु पर्ने, संबिधानसभा निर्वाचनमा भएको धाादली छानबिन गर्न संसदीय समिति बनाउने बिषयमा दलहरुबिच भएको सहमति कार्यान्वयन हुनु पर्ने लगायतका माग राखी बैठक चल्न नदिएको  हो ।
संसद बैठक चल्न नसकेपछि काग्रेसले नेकपा एमाले, एकीकृत माओवादी लगायतका दलहरुसंग दुई पक्षीय तथा त्रिपक्षीय छलफल जारी राखेको छ ।