अध्यक्ष पदमा नेपालको औपचारिक उम्मेदवारी घोषणा

जेठ १७, काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारीको घोषणा गर्नुभएको छ ।
प्रज्ञा भवन कमलादीमा शनिबार मदन भण्डारी अध्ययन केन्द्रद्धारा आयोजित कार्यक्रममा एमाले सचिव युवराज ज्ञवालीले नेपाललाई अध्यक्षको उम्मेदवार प्रस्ताव गरे लगत्तै कार्यकर्ताले ताली बजाएर स्वागत गरेका थिए ।
तर महासचिव लगायतका अन्य पदमा भनें उम्मेदवारी घोषणा गरिएको छैन ।
यसैगरि यसअघिनै अध्यक्षका लागि नेता केपी शर्मा ओलीले पनि उम्मेदवारीको घोषणा गरिसक्नु भएकोछ  ।
यसअघि बिभिन्न पार्टी विभाग, जातीगत संगठन र क्षेत्रो प्रतिनिधित्व गर्ने नेताहरुले माधव नेपाललाई अध्यक्ष बनाउनुपर्ने विचार व्यक्त गरेका थिए ।  नेताहरु रघुजी पन्त, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, योगेश भट्टराई, प्रकाश ज्वाला, दल वहादुर सुनार, अष्टलक्ष्मी शाक्य लगायतका नेताले नेपालको पक्षमा विचार व्यक्त गर्नु भएको थियो ।