पार्टीलाई वलियो वनाउन मेरो उमेदवारी–नेता नेपाल

जेठ १८, काठमाडौ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई साङ्गठनिक रुपमा वलियो वनाउन लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसागको भेटमा नेता नेपालले प्रतिस्पर्धाबाट डराउनेले आफ्नो उम्मेदवारीलाई असंवैधानिक भनी प्रचारप्रसार गरेको आरोप लगाउनुभयो । उहाले पार्टीका शीर्ष नेताबीच सहमति भए नया पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने विषयमा आफूले सोच्नसक्ने बताउदै नयाा पुस्ताको उम्मेदवारी नपरेकाले आफूले उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो । नेता नेपालले सिङ्गो पार्टीलाई समेटेर लैजानु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै पार्टीको महाधिवेशनमा एउटा बिन्दुमा गएर सबै पदका लागि सर्वसम्मतको प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।