अध्यक्ष अशोक राई, अध्यक्ष,संघिय समाजवादी पार्टी नेपाल

१. दोश्रो संविधान सभाको निर्वाचन सम्पन्न भएर अहिले संविधान निमार्णको काम भैरहेको छ महिना भै सक्यो । पहिचानको मुद्धा त्यति शसक्त हुन सकिरहेको छैन नि ?
मुद्धा शसक्त कुने कि कमजोर हुने कि भन्ने कुरा होइन । संविधान सभाको ागिि ज्यगकभ ले छलफल भर्खर मात्र शुरु गरेको छ । अहिले चाहि संवैधानिक अभिलेख निरक्यौल समितिबाट सिफारिस भै आएका विषय बस्तुहरु मध्ये प्राकृतिक स्रोतको वाडफााड, आर्थिक अधिकार र राजस्वको वाडफाड तथा राष्टिय हित संग सम्बन्धीत विषय वस्तुमा सायद आज चाहि छलफल हुनेछ । त्यस माथिको शैदान्तिक छलफल । त्यसका स्पष्ट रुपमा समाजवादी पार्टीले आफ्नो दृष्टिकोणहरु राखेको छ । र आउने दिनमा राज्यको पुन:संरचना सम्बन्धी र पहिचानका मुद्धा सम्बन्धी छलफल हुने विषय पनि आउदै छ । त्यो विषयमा पनि हामीले आफनो दृष्टिकोण स्पष्ट ढंगबाट राख्ने छौ । संविधान सभा शान्त समझदारी युक्त गम्भिर ढगंले छलफल गर्ने थलो हो । संसद जस्तो आम सरोकारको विषयलाई उठाउने थलो होइन । संसदमा निश्चय पनि हामी हाम्रो तर्फबाट उठाएका छौ । मिडियाको ध्यानआकर्षण गर्न सकेनौ भनेर मैले भन्नु पर्ने हुन्छ । किन भने हामीले उठाएका महत्वपूर्ण कुराहरु मिडीयामा प्रसारण हुन सकेनन । अव आउने दिनमा जब संसद शुरु हुन्छ । त्यतिवेला निश्चित रुपमा हामीले पहिचानको विषमा संघिय समाजवादी पार्टी पहिचानको मुद्धालाई शिरोधार गरेर शिर उपरमा राखेर अगाडी बढेको छ । त्यति मात्र होइन यो पार्टी मुलुकको उन्नति, प्रगति,आर्थिक निर्माण, राजनैतिक अग्रगति निम्ति समग्र विषयहरु माथि एउटा चाहि अग्रगामी र परिवर्तनको विचार लिएर अगाडी वढेको पार्टी हो । त्यसो भएको हुनाले हामीले सबै पार्टीहरुमा आफ्नो विचार प्रस्तुत गर्ने छौ । मिडियाको ध्यान कति आकर्षण गर्न सक्छ त्यो आउने दिनले देखाउने छ ।
२.पहिचान सहितको संघियतावादी शक्तिहरु जो जो संविधान सभा भित्र हुनुहुन्छ । उहााहरुले त संविधान सभा भित्र एक खालको काम गरिरहनु भएको होला । तर पहिलो संविधान सभाको मुद्धाहरु एउटा स्तर सम्म आईरहेको थियो । अहिले यस्तो हो कि सुनसान त भएकै हो जस्तो लाग्छ की ? त्यो अनुभूति त तपाईहरुलाई पनि भएको होला नि ?
त्यो अनुभूति भएको छैन र त्यो अनुभूति हुने समय आई पुगेको छैन । वास्तवमा सडक रहर होइन । वास्तवमा शुरुका दिनहरुमा धेरै अपेक्षाहरु थिए । विश्वासहरु थिए । कि सडकमा जान पदैन । सडकमा नगएरहि संविधान सभाले सहि ढगंले संहि समयमा सविधान दिन्छ ।  तर अहिले पनि त्यहि किसिमले काम गरिराखेको छ । यदि संविधान सभामा आफ्नो मुद्धा सहि ढगंमा सम्बोधन भएनन भने पहिचानको मुद्धा सम्बोधन हुन सकेन भने हामीले त्यहा पहिचान पक्षधर सभासदहरुले पहिचान सहितको मुद्धाको संघर्ष गर्दा गदै । त्यहा आफ्ना दृष्टिकोणहरु राख्दा राख्दै । संविधान सभामा आफ्ना विचार प्रस्तुत गदा गदै । प्रस्तावहरु प्रस्तुत गर्दागदै । तिनीहरु माथि सुनुवाई भएन भनि स्वभाविक रुपमा सिंगो राष्टले संविधान सभालाई हेरीराखेको छ । मुल्याकन गरिराखेको छ । यस्तो स्थितिमा कतिखेर को सडकमा आउछ । त्यो अहिले भन्न सकिदैन तर सडकमा निश्चिय पनि नेपाली जनताहरु सडकमा आउनेछन । आफ्नो सरोकारको विषयलाई संविधान सभाले ध्यान दियोस । समावेश गरोस । उल्लेख गरोस । भनेर ध्यानआकर्षण गराउनको निम्ति जनता सडकमा आउने स्थिति बन्ने छ । तर हाम्रो चाहाना हो संविधान सभाले त्यो वातवरण सृजना नगरोस भन्ने हो ।
३. दोश्रो संविधान सभाको निर्वाचनको मत परिणम छ । यसलाई चाहि अहिले जुन सत्ता पक्षमा रहेका दलहरु भनौ न । उनीहरुले यो एकल जातिय पहिचान विरुद्धको मत हो भन्ने बुझेका छन भन्ने बुझिन्छ । यस्तो विश्लेषण गर्ने गरिन्छ । यसमा तपाईको के छ ?
सबैभन्दा मुख्य कुरा पहिचान भन्ने वितिक्कै त्यो एकल जातिय नै हुन्छ । यो एकल जातिय यो बहुजातिय र साझा पहिचान भन्ने कुरा चाहि यो जालझेलपूर्ण प्रचारवादी हो । यो जनतालाई धोका दिने तरिकाले गरिएको प्रचार हो । तर जहाा सम्म पहिचानको कुरा छ । यस पटकको जनमत पहिचानको विरुद्धमा होइन । यो वास्तवमा पहिचान वोकेको पार्टीहरुको आपसको विभाजन । गएको संविधान सभामा पहिचान पक्षधरहरुको दुई तिहाई मत हुदाा हुदै पनि संविधान दिन असफल गराईएको परिस्थितिको प्रतिक्रियाका कारणबाट । धाधली सहितको प्रयोग भएको अहिलेको मत परिणम ल्याइएको हो । यो परिणम स्वच्छ, निश्पक्ष रहेको परिणम हो भन्ने हाम्रो पार्टी रहेको छैन । यसमा धेरै पार्टीहरु त्यो पक्षमा रहेका छैनन । र संसदिय समिति बनाईकन छानविन गर्ने भन्ने ठाउामा सत्तासिनहरु प्नि पुगेका हुन । हाम्रो पार्टी त वास्तवमा पहिलो पटक निर्वाचनमा भाग दिएको पार्टी हो । यस्तो अवस्थामा हाम्रो पार्टीले यति सिट जित्यो ल्यायो भन्ने कुरा हुदैन । संमग्र रुपमा विश्लेषक वा विद्धानहरुले विश्लेषण गरेका छन । यो निर्वाचनमा पहिचान कै पक्षमा मत माग्ने गरी चुनाव लडेका र पहिचानको मुद्धालाई केन्द्र विन्दुमा राखेर निमार्ण भएका पार्टीको मत चाहि १३ प्रतिशतबाट १६ प्रतिशतमा उक्लीएको छ । र नेपाली जनता विस्तारै विस्तारै पहिचानको मुद्धामा आकर्षित हुदैछन । गोलबद्ध हुदैछन । हामीलाई थहा छ । अलिकति समय लाग्नु स्वभाविक हो । त्यसकारणले पहिचानको मुद्धा कमजोर भएको भएको बुझनु नितान्त गलत धारण हो । वा कसैको यहि नै धारणा हो भने त्यो भ्रम पूर्ण छ ।
४. अवका दिनमा जो पहिचान सहितको संघियता चाहाने जुन शक्तिहरु हुनुहुन्छ । तपाईहरु विच त्यस्तो खालको कुनै एउटा सहमति वा सहकार्यको तयारी त्यस्तो केही छ संविधान निमार्ण काल सम्मको लागि योजना गर्नु भएको छ ?
संविधान निमार्णको शिलशिलामा पहिचानका मुद्धा र साझा मुद्धाहरुमा हामी सहकार्य गर्दछौ । यो सहकार्य गर्नका निम्ति हामी वार्तामा वसिसकेका छौ । त्यो सर्वजनिक पनि भैसकेको छ । हामी क्रमश मोर्चा वन्दीमा जाने अभ्यास पनि गरिराखेका छौ ।
५. यो पहिचान सहितको संधियतामा दलितलाई कहाानिर जोडनु हुन्छ तपाई ?
पहिचान सहितको संघियता भित्र वास्तवमा दलितलाई गैरभौगलिक प्रदेश दिइनु पर्दछ भन्ने पक्षमा संघिय समाजवादी पार्टी नेपाल उभिएको छ । डा. मदन परियार ज्यूको अध्यक्षतामा बनेको एउटा आयोग थियो । राज्य पूनसंरचना तथा राज्य शक्तिको वाडफाड सम्बन्धी सुझाव दिन बनेको एउटा सवैधानिक आयोग थियो । त्यो आयोगले पनि त्यो पक्षमा थोरै संकेत गरेको थियो । त्यसको समथमा वास्तवमा दलित जाति माथि हाम्रो समाजमा अमानविय व्यावहार भएको छ । उत्पीडन भएको छ । त्यो उत्पीडन वास्तवमा मानवता विरुद्धको अपराध हो । त्यसको क्षतिपूर्ति पाउने ढगंले पनि आरक्षण व्यावस्था समेत विभिन्न राज्यको विभिन्न अगंहरुमा र विभिन्न निकायहरुमा हुनुपर्छ भन्ने कुरालाई हामीले अगाडी सारेका छौ ।
६. तर यो तपाईले भनेको गैरभौगोलिक संघियतामा दलित हुने भन्ने कुरा । यसमा फेरी दलित संगठनहरुले विरोध पनि गरिरहेका छन । यसो हुनु हुदैन । यसो भयो भने छुटै हुन्छ । यसो गर्दा अन्तरघुलन प्रक्रियामा असजिलो हुन्छ भन्ने तर्कहरु पनि आईरहेको छ नि ?
यसमा दुई वटा मनोविज्ञानले काम गरेको छ । थप अज्ञानताले पनि काम गरेको छ भन्ने मलाई लाग्छ । दुई वटा मनोविज्ञान भनेको के हो भने देखिन । यो गैरभौगलिक प्रदेश लिईसकेपछि यो आरक्षण समाप्त  गरिन्छ भन्ने मनोविज्ञानले काम गरेको छ । अर्को मनोविज्ञान भनेको के छ भने हैन हामी दलितहरुको भनेको त खस आर्य जाति कै अंग हौ । अब हामीले चाहि गैरभौगलिक प्रदेश लिएर एउटा दलितको पहिचानलाई जिवित तै राख्ने हो भने त्यो अपमानजनक पहिचानले महिल्यै नछोडने अवस्था हुन्छ । त्यो नलिने हो भने हामी खस आर्य जाति मै सामेल हुन्छौ भन्ने खालको मनोविज्ञान । दुई खालको मनोविज्ञानले काम गरेको मैले पाएको छु । वास्तवमा दलित जातिको खास एउटा मेरो विचारमा जातिय बनावट छ भन्ने कुरा मलाई लाग्दैन । किनभने यो वर्ण व्यवस्थाको उपज हो । यसमा चाहि मंगोलाइट र नस्लका मान्छेहरु पनि दलित जाति बनाईएको छ । हिजोका शासकहरुले पूर्वआग्रह ढगंले अमानविय ढगंले त्यो व्यवहार गरेका छन । र एउटा मधेशी समुदायका मान्छेहरुलाई पनि त्यो किसिमले दण्डीत गर्ने । अमानवीय व्यावहार गर्ने काम भैरहेको छ । खस आर्यबाट पनि त्यो किसिमको अमानविय व्यवहार गर्ने काम भैरहेको छ भने । अष्टलाइट र न्यूरोलाइट बाट पनि छन । त्यसो हुनाले निश्चित खस आर्य जातिको मात्रै त्यो नस्लबाट आएका मात्रै दलित छ भन्ने कुरा ठिक हो भन्ने कुरा मलाई लाग्दैन । अब दलित जातिले गैर भौगलिक प्रदेश लिदाा खेरी दलित पहिचान चाहि सदाका लागि जिवित हुन्छ । जो अपमानजनक छ । जसबाट मुक्त हुन आवश्यकता भन्ने जुन मनोविज्ञान छ । वास्तवमा आरक्षण पनि दलित आयोगबाट लिने हो दलित कै नाममा लिने हो । यदि गैरभौगलिक प्रदेश लिदा दलित भन्ने अपमानजनक पहिचान जिवित रहन्छ भने आरक्षणमा पनि त त्यो जिवित रहन्छ । त्यसै भएको हुदाा यो चाहिने एउटा मिथ्या भ्रम हो भन्ने मलाई लाग्छ । र भोलीका निम्ति निश्चय नै दलित मुक्तिका निम्ति सबै अभ्यासहरु हुन । अभ्यासहरु दलित मुक्तिका निम्ति हुन त्यसो भएको हुनाले भोली चाहि समाजको चेतना उठदै जाने र दलित जातिले संघर्ष गदै जाने । ऐन,कानून, विधि र राज्यको सबै अंगमा चाहि समावेश भएर वा सामेल भएर राज्यको साझेदारी गर्ने शिलशिलामा प्राप्त हुने प्रतिष्ठा यी सबै चिजले चाहि मेरो विचारमा आज दलित जातिलाई जुन ढगंले अपमान गर्ने । अपहेलना गर्ने । त्यस्तो खालको मनोविज्ञान समाजमा छ । त्यो समाप्त हुनेछ । त्यस्तो अवस्थामा दलित भनेर भन्दा कसैले पनि अपमानित हुनुपर्ने छैन ।