एमाओवादीको बैठकमा कार्य विभाजन बारे छलफल हुने

जेठ १७, काठमाडौ–एमाओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । केन्द्रीय समिति बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने प्रवक्ता दिनानाथ शर्माले जनाकारी दिनु भयो । आजको बैठकमा कार्य विभाजन बारे छलफल हुने भएको छ । निर्वाचन प्रणालीबाट केन्द्रीय पदाधिकारी चयन गरेपछि केन्द्रीय समितिको बैठक बसेको हो । निर्वाचन प्रक्रिया बहिष्कार गरेको डा. बाबुराम भट्टराई पक्षका नेताहरूले भने केन्द्रीय समितिबाहेक अरू पदमा आफूहरू नबस्ने बताएका छन् ।