आज उम्मेदवारी फिर्ता लिने समय

जेठ १६, काठमाडौ– आगामी असार ८ गते हुने संविधानसभाको उप निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकालाई आज उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । देशका ४ वटा निर्वाचन क्षेत्रमा हुने उप निर्वाचनकालागि गत ११ गते आइतबार मनोनयन दर्ता गरिएको थियो । आज बेलुका ५ बजे सम्म उम्मेदवारी फिर्ता लिनकालागि समय छुट्याइएको निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारी फिर्ता लिएपछि उम्मेदवारको अन्तिम नावाली प्रकाशित गर्ने तयारी गरिएको छ । आइतबार निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगका प्रबक्ता बीरबहादुर राईले जानकारी दिनुभयो । यसैबीच १८ गते देखिनै सञ्चारमाध्यमहरुलाई आचारसंहिता लागू हुने पनि आयोगले प्रष्ट पारेको छ । गत मंसिर ४ गते भएको संविधान सभा निर्वाचनमा २ स्थानबाट विजयी भएकाले एक स्थान छोडेपछि उप निर्वाचन हुन लागेको हो । उप निर्वाचन काठमाडौ क्षेत्र नम्बर २, चितवन क्षेत्रनम्बर ४, बर्दिया क्षेत्र नम्बर १ र कैलाली क्षेत्रनम्बर ६ मा हुने छ ।