पाकिस्तानी तालिवानको प्रमुख समूह फुटेर गयो

जेठ १५, एजेन्सी–पाकिस्तानी तालिवानमा प्रतिद्वन्द्वी समूहबीच मार्च महिनादेखि रक्तपातपूर्ण सङ्घर्ष प्रति असहमति जनाउदै एक प्रमुख समूह ८स८ लडाकू समूहबाट भिन्न हुने घोषणा गरेको छ ।
यस विभाजनलाई पाकिस्तानी सेनाको लडाकू समूहबीच विभाजन गर्ने रणनीतिको सफलताको रूपमा लिएका छन् ।
उसले प्रमुख कमान्डरबाट आफूप्रति समर्थन प्राप्त गरेको बताइएको छ ।
यस वर्षको आरम्भदेखि सुरु भएको सरकार तथा तालिवानबीच वार्ता हाल अवरुद्ध भएको छ । यसका कारण सेनाले लडाकूहरू लुकेर बसेको स्थानमा हवाइ आक्रमण गरेका छन् र त्यसका कारण ७५ व्यक्तिको मृत्यु भएको थियो ।
यसरी फुटेर जाने समूह मेहसुद आदि समूहसाग सम्बन्धित रहेको बताइएको छ । विभिन्न समूह मिलेर बनेको तेहरिक–ए–तालिवान (टीटीपी) मा यो समूह सबैभन्दा महत्वपूर्ण भएको बताइन्छ । समूहले इस्लामी सरिया कानुन लागू गर्न सन् २००७ देखि सङ्घर्ष गरिरहेको छ । फुटेर गएको समूहका प्रवक्ता अजाम तारिकले आफूहरू तेहरिक–ए–तालिवान पाकिस्तानबाट फुटेर गएको र खलिद मेहसुदलाई दक्षिणी वजिरिस्तानमा आफ्नो नेता मानेको बताए ।