संविधानसभामा राज्य पुनं संरचना समितीको प्रतिवेदन माथि छलफल हुने

जेठ १५, काठमाडौ– सार्वजनिक विदाको दिन पनि आज संविधानसभाको बैठक बस्दै छ । आजको बैठकमा राज्य पुनं संरचना र राज्यशक्तिको बाडफाड समितीको निक्र्योल प्रतिवेदन माथि छलफल हुने भएको छ । राज्यपुनं संरचनाको बहसका लागी २ सय सभासदले नाम टिपाएका छन् । निक्र्यौल समितीको सभापति विषणु पौडेलका अनुसार निक्र्यौल समितीको बाकी प्रतिवेदन आज बुझाउने जनाईएको छ । संविधान सभाले प्राकृतीक स्रोत आर्थिक अधिकार र राजस्व बाडफाड समिती, राष्ट्रिय हितको संरक्षण समिती र न्यायाप्रणालि समितीको प्रतिवेदन अन्र्तगत सहमती भएका विषय मस्यौदा समिती र असहमतीका विषय संवैधानिक राज्य संवाद तथा सहमती समितीमा पठाएको छ । संविधान सभाको कार्यतालीका अनुसार सविधान सभामा पेश भएको संविधान अभिलेख अध्यन तथा निक्र्यौलका सबै प्रतिबेदन आज सम्म सभाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई बुझाई सक्नु पर्ने छ ।