आज गणतन्त्र दिवस, संबिधान बनाउने प्रतिबद्धता

जेठ १५, काठमाडौ–आज सातौ गणतन्त्र दिवस, मलुकमा गणतन्त्र स्थापना भएको दिनको सम्झनामा विभिन्न कार्याक्रम गरी मनाइर्दैछ ।
दोस्रो लोकतान्त्रिक जनआन्दोलन २०६२/६३ को जगमा भएको  निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते आजकै दिन नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो । सोही दिनलाई गणतन्त्र दिवसको रुपमा नेपालले मनाउदै आएको छ । गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा विशेष कार्यक्रमको समेत आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति डा. रामवरण यादब, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री तथा गणतन्त्र मूल समारोह समितिका अध्यक्ष सुशील कोइराला, विभिन्न संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारका निजामति कर्मचारी, प्रहरी, जंगी, तथा संस्थानका कर्मचारी लगायतको उपस्थिति रहेनेछ । दिवस समारोह समितीले निर्णय गरे अनुसार सरकारले हिजो, आज र भोली गरी ३ दिन दिवस मनाउन आह्वान गरेको छ । दिवसको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ । त्यस्तै दिवसका अवसरमा नागरिक समाजले पनि आज कार्यक्रको आयोजना गर्दैछन् । गणतन्त्र स्थापना भएको ६ बर्ष बितिसक्दा समेत यसको संस्थागत हुन नसकेको भन्दै नागरिक समाजका अगुवाहरुले सरकारको आलोचना समेत गरेका छन् । यसैबिच गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री शुशिल कोइराला लगायतका राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गर्दै दोश्रो संबिधानसभाले संबिधान बनाई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङको शुभकामना
चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछयाङले सातौं गणतन्त्र दिवसका अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । यस्तै दिवसको अवसरमा राष्ट्रपति डा रामवरण यादवले देशका विभिन्न कारगारमा सजाय भोगी रहेका १५५ जना कैदीलाई कारगार मुक्त गरिएको बताउनु भएको छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ बमोजिम राष्ट्रपतिले उनीहरुलाई कारगार मुक्त गर्न मन्त्रिपरिषद्ले गरेको सिफारिस सदर गर्नु भएको हो । मन्त्रिपरिषद्को गएराति अबेर प्रधानमन्त्री निवासमा भएको बैठकले असल चालचलन एवम् व्यवहार प्रदर्शन गर्ने ती कैदीको बााकी सजाय माफी गर्ने निर्णय गरेको थियो । गए राति गृह मन्त्रालयले राष्ट्रपतिसमक्ष उक्त सिफारिस प्रस्तुत गरेको हो ।