भारत भ्रमण उपलव्धिमूलक–प्रधानमन्त्री सुशील कोइराला

जेठ १४, काठमाडौं –तीनदिने भारत भ्रमण पुरागरी प्रधानमन्त्री सुशील कोइराला आज स्वदेश फर्किनु भएको छ ।  स्वदेश फर्किए पछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री मोदीको नेपालप्रति ठूलो सद्भाव रहेको बताए ।
उहाले भारतीय प्रधानमन्त्री नरेन्द्रर मोदीले नेपालको विकासमा सहयोग गर्ने आश्वासन दिएको र आफ्नो भारत भ्रमण सफल भएको जानकारी दिए ।  आफूले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको भन्दै उहाँ चाडै नै नेपाल आउँने आश्वासन दिएको बताए ।  प्रधानमन्त्री कोइरालाले भारतका लागि नेपाली राजदूत छिट्टै नियुक्त गर्ने पनि बताए ।