आयल निगमका निर्देशक सहित ८ जना पदाधिकारी अख्तियारको नियन्त्रणमा

जेठ १४, काठमाडौ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निर्देशक सहित ८ जना पदाधिकारीलाई नियन्त्रणमा लिएको छ ।
नेपाल आयल निगमका निर्देशक सागर सत्याल, नागेन्द्रर साह, प्रबन्धकहररु कमल प्रसाद शर्मा, बाबुराम राई र नेत्र प्रसाद काफ्ले, उपप्रबन्धक नव विनोद पोखरेल, सहायक प्रबन्धक प्रदिपमान वसी र बरिष्ठ सहायक देवी प्रसाद न्यौपाने समेत ८ जनालाई आयोगले वुधवार हिरासतमा लिएको हो ।
यसैगरि फरार उपनिर्देशकहरु शरद प्रसाद पौडेल र सुशील भट्टराईको खोजी कार्य भैरहेको छ ।
नेपाल आयल निगमका पदाधिकारीहरुले संस्थान लगातार घाटामा गईरहदा समेत ऐन, नियम विपरीत बोनस रकम वितरण गरी अनियमितता एवं भ्रष्टाचार गरिरहेको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।