दीपीका र म साथी मात्रै हौं

मुम्बई (एजेन्सी)– बलिउड अभिनेता रनवीर सिंहको भनाई अनुसार उनी र दिपीका पादुकोण मात्रै राम्रो साथी भएको बताएका छन् । रणवीर र दिपीकाको बिचमा रिस्तेको खबर मिडियामा प्राय रमाइलो गसिपका रुपमा आइरहेको हुन्छ ।

रणवीरले प्रस्ट पारेका छन् की दिपीका उनकी असल साथी मात्रै हुन् । रणवीरले हाल चालै मिडियामा दिएको एक अन्र्तवातामा दिपीका र पादुकोण उनको मात्रै विशेष साथी रहेको बताए । रणविरले भने आफु करिअरमा निकै व्यस्थ रहेको र उनको कोहि पनि गर्लफ्रेड नरहेको बताए ।

दीपिका मेरो जीवनमा विशेष छिन्, अत्यन्त नजिककी मित्र हुन भनेर रणविरले दर्शकको भ्रमलाई तोडिदिएका छन् । पछिल्लो वर्ष यि दुवै कलाकारले संजय लिला भंसालीको फिल्म ‘गोलियों कि रासलीला’ मा लोभ लाग्दो प्रेम प्रेमिकाको भुमिकामा खेलेका थिए । यसै फिल्मबाट उनीहरु बिच फिल्ममा जस्तै प्रेम प्रशंग जोडिएको त छैन भन्ने हल्ला मच्चीएको थियो ।