आइपिएलमा आज क्वालिफायरको खेल

जेठ १४,एजेन्सी – आईपिएल क्रिकेट  प्रतियोगिता अन्र्तगत आज दुई वटा खेल हुने भएका छन् । क्वालिफायर अन्र्तगत गएराति हुने भनिएको खेल स्थगित भएपछि आज दुई वटा खेल हुन लागेका हुन । नेपाली समय अनुसार आज दिउासो सवा ४ बजे पछि हुने खेलमा किंग्सस इलेभन पञ्जाब र कोलकत्ता नाइट राइडर्स भिड्ने छन् । यी दुईबीचको खेल गएराति बर्षाका कारण स्थगित भएको थियो । आजको पहिलो खेल जित्ने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित तोली ले आजको दोस्रो खेलको विजेतासाग फाइनल प्रबेशकालागि प्रतिस्पर्धा गर्ने छ । यस्तै आज राती सवा ८ बजे पछि चेन्नई सुपर किंग्स र मुम्बई इन्डियसबिच प्रतिस्पर्धा हुने छ ।