नारायणी उपक्षेत्रीय अस्पतालमा एक्स–रे बन्द

जेठ १४, वीरगन्ज – नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको एक्स–रे मेसिन एक सातादेखि बन्द भएपछि बिरामी मारमा परेका छन् । अस्पतालमा एक्स–रे मेसिन प्लेट अभावको कारण एक सातादेखि बन्द भएपछि उपचार गराउन आएका बिरामी मारमा परेका हुन् । अस्पताललाई कच्चापदार्थ तथा औषधि पूर्ति गर्ने ठेक्का पाएको सिटी सर्जिकल वीरगन्जले एक्स–रे प्लेट उपलब्ध नगराएकै कारण बिरामीलाई सेवा दिन नसकिएको एक्स–रे फााटका प्रमुख प्रदीप साहले बताउनुभयो । दैनिक एक सयभन्दा बढी बिरामीको चाप थेग्दै आएको एक्स–रे सेवा बन्द भएपछि महागो दरमा अस्पतालबाहिर एक्स–रे गराउन बिरामी बाध्य भएको शाखा प्रमुख साहले जानकारी दिनुभयो ।