गाडी भाडा एकै पटक पाच सयले बृद्धि

जेठ १४, काठमाडौे –सल्लेरी–काठमाडौको गाडी भाडा प्रतिव्यक्ति पाच सय रुपौयाले बढेको छ । सुनकोसी नदीमा राखिएको अस्थायी बेलिब्रिज निकालिएपछि सल्लेरी–काठमाडौको भाडादर पाच सय बढाइएको दूधकुण्ड यातायात सेवा समिति सोलुखुम्बुका संयोजक दावा शेर्पाले जानकारी दिनुभयो । यसअघि सल्लेरी–काठमाडौाको भाडादर प्रतिव्यक्ति रु दुई हजार रहेको थियो । सोलुखुम्बुबाट काठमाडौका लागि जिप सञ्चालन गर्दै आएका सल्लेरी यातायात, सिटी भिलेज र दूधकुण्ड यातायात सेवा समितिको संयुक्त बैठकले पाच सय भाडा बढाएको हो । समितिले सल्लेरी–ओखलढुङ्गाका लागि आठ सय तथा सल्लेरी–घुर्मीसम्मको भाडादर एक हजार ३ सय कायम गरेका छन् । अस्थायी बेलिब्रिज निकालिएलगत्तै विभिन्न ठाउमा कमिसन बुझाउनुपर्ने भन्दै जिप सञ्चालकले भाडा बढाएका हुन् । सुनकोसीको पक्की पुल समयमा निर्माण हुन नसकेपछि सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङका नागरिक यस्ता विभिन्न बहानामा ठगिादै आएका छन् । बेलिब्रिज निकालिएपछि सल्लेरीमा उपभोग्य सामानको समेत मूल्यवृद्धि भएको छ ।