गणतन्त्र दिवस सुरु, आज भोली र पर्सी सम्म मनाईने

जेठ १४, काठमाडौे – नेपालमा गणतन्त्र घोषणा गरिएको दिनको सम्झनामा सरकारले आजदेखि गणतन्त्र दिवस मनाउन सुरु गरेको छ । २०६२ –०६३ को जनआन्दोलन पछि पुर्नस्थापित प्रतिनिधी सभाले देशमा गणतन्त्र आएको घोषणा गरेको थियो । गणतन्त्र दिवस तीन दिन सम्म मनाउने सरकारी निर्णय अनुसार आजबाट विविध कार्यक्रम हुने छन् । सरकारले आज भोली र पर्सी घर घरमा दीपावली गर्न पनि आग्रह गरेको छ ।