राप्रपा नेपालको अध्यक्षमा पुन: थापा

जेठ १४, काठमाडौे – राप्रपा नेपालको अध्यक्षमा फेरी पनि कमल थापा नै निर्वाचित हुनुभएको छ । हिजो भएको मतदानबाट १५ सय ४२ मत ल्याएर थापा निर्वाचित हुनुभएको छ । उहााका प्रतिष्पर्धी पदमसुन्दर लावतीले भने १ सय ६८ मत मात्रै प्राप्त गर्नुभएको छ । राप्रपा नेपालको पहिलो महाधिवेशनको बन्दशत्रमा विद्युतीय मतदानका आधारमा नेतृत्वको चुनाव सम्पन्न भएको थियो । राति साढे १२ बजेपछि सम्पन्न गरिएको मतगणनामा थापाले अत्यधिक मत पाएर अध्यक्षमा विजयी हुनुभएको हो । महाधिवेशनले अध्यक्षसहित ६३ सदस्यको चयन गरेको छ । यसमध्ये ३१ जना खुल्ला तर्फ र बााकी समावेशीतर्फबाट निर्वाचित भएका छन् । बााकी ६३ केन्द्रीय सदस्यको मनोनयन अध्यक्षले गर्नुहुनेछ । ६३ केन्द्रीय सदस्यका लागि २ सय ३९ जनाको उम्मेद्वारी परेको थियो । केन्द्रीय सदस्यका लागि धवलसमशेर राणा, राजेन्द्र लिङदेन, भाष्कर भद्रा, चन्द्रबहादुर गुरुङ, तारानाथ लुईटेल, मोहन श्रेष्ठ, दीपकबहादुर सिंह, भक्ति सिटौला, राजाराम बर्तौला, बिक्रमबहादुर थापा, गोविन्द खनिया, सुशील श्रेष्ठ, भरतमणि जंगम, दिलविकास राजभण्डारी, राजीव पराजुली, विष्णु भट्टराई, रेशम लामा, मनोज प्रधान, श्यामबहादुर शाही, उद्धव थापा, राजाराम श्रेष्ठ, रामबहादुर शाह, मनोज मल्ल, केदार कोइराला, निरञ्जन थापा, पदम ठकुराठी, भूपाल किराती, जयन्त खनाल, सगुनसुन्दर लावती, विराज बिष्ट र इन्द्र चित्रकार विजयी भएका हुन् । त्यसैगरी मीरा राणा, कुन्ती शाही, भुजुङ गुरुङ, रविन चाम्लिङ प्रेम श्रेष्ठ लगायत समावेशीतर्फ विजयी भएका छन् ।