एमालेमा पदाधिकारी थप्ने बिषयमा आज निर्णय हुने

जेठ १४, काठमाडौे – नेकपा एमालेमा पदाधिकारी थप गर्ने वा नगर्ने विषयमा आज निर्णय हुने भएको छ । त्यस बिषयमा छलफल लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ । विहान ११ बजेपछि पार्टी कार्यालय बल्खुमा बोलाइएको बैठकमा यस सम्बन्धी प्रारम्भिक खाका प्रस्तुत गरिने भएको छ । असार १९ गतेदेखि काठमाडौंमा हुने नवौं महाधिवेशनमा अध्यक्ष झलनाथ खनालले पेस गर्ने राजनीतिक दस्तावेजका बारेमा पनि एमालेमा छलफल हुदैछ । पदाधिकारी थप गर्ने वा नगर्ने भन्ने विषयमा भने संगठनात्मक प्रस्तावलाई भने मस्यौदा समितिले अघि बढाएको छैन । सांगठनिक र विधान समितिको खाका तयार नभएकाले केन्द्रीय समितिको बैठकमा अध्यक्ष खनालको राजनीतिक प्रतिवेदनमाथि नै छलफल केन्द्रीत हुने भएको छ । अहिले अध्यक्ष बाहेक ३ उपाध्यक्ष, ३ सचिव रहेपनि थप गर्ने बारेमा छलफल भईरहेको छ ।