प्रधानमन्त्री कोइराला आज स्वदेश फिर्ता हुने

जेठ १४, काठमाडौ–भारत भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइराला आज स्वदेश फिर्ता हुुनुहुने भएको छ । स्वदेश फिर्ता हुनु अघि कोइरालाले आज पनि उच्चस्तरिय राजनीतिक भेटवार्ता सुरु गर्नुभएको छ । भारत सरकारको निमन्त्रणामा भारतका नवनियुक्त प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन सोमबार दिल्ली प्रस्थान गर्नुभएका प्रधानमन्त्री कोइरालाले अहिले विहान भारतीय जनता पार्टीका नेता लालकृष्ण आड्वाणी, भगत सिह, कांग्रेस आइका नेता करण सिंह लगायतसाग भेटवार्ता हुदैछ । उहा जेट एअरवेजको नियमित उडानबाट दिउसो काठमाडौं आईपुग्नुहुने कार्यक्रम छ ।