७ जनाको नाम एआईजीका लागि सिफारिस

जेठ १३,–नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजीपी) ७ महिना देखि रिक्त पदपूतिर्का लागि ७ नायब महानिरीक्षक ((डिआईजीपी) को नाम सिफारिस भएको छ । सिफारिस समितीले १३ डिआईजी मध्ये ७ जनाको नाम एआईजीका लागि सिफारिस गरेको हो ।
समितिले डिआईजी राजेन्द्रसिंह भण्डारी, सुरेन्द्र बहादुर शाह, विज्ञानराज शर्मा, केदार साउद, वीरेन्द्रबाबु श्रेष्ठ, प्रतापसिंह थापा र रमेशशेखर बज्रचार्यको नाम सिफारिस गरेको छ ।
सूचना प्रकाशित भएको ७ दिन भित्रमा चित्त नबुझ्नेले पुनरावलोकन समिति समक्ष उजुरी दिन पाउनेछ ।
पुनरावलोकन समिति मुख्य सचिब लिलामणी पौडेलको संयोजनमा राखिएको छ । त्यसमा लोकसेवा आयोगका अध्यक्ष र गृहसचिब रहनेछन् ।