एमाओवादीले मंगलवार निर्वाचन मार्फत पदाधिकारी चुन्यो

जेठ १३, काठमाडौ–एकीकृत नेकपा माओवादीले मंगलवार निर्वाचन मार्फत पदाधिकारी चयन गरेको छ  । मंगलवार पार्टी केन्द्रिय कार्यालयमा भएको मतदानवाट महासचिवमा कृष्ण वहादुर महरा निर्वाचित भएका छन । उनले १०१ मत प्रप्त गरेका छन । त्यस्तै उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र पोष्ट वहादुर वोगटी निर्वाचित भएका छन । वोगटीले सवैभन्दा वढी १०९ मत पाएका छन भने श्रेष्ठले १०४ मत पाएका छन ।
यसैगरि सचिवमा वर्षमान पुन, टोप वहादुर रायमाझी र गिरिराजमणी पोखरेर निर्वाचित भएका छन । हरिवोल गजुरेल १०१ मत प्रप्त गरि कोषाध्यक्षमा निर्वाचित भएका छन । वावुराम भटटराईका लागि वरिष्ठ केन्द्रिय सदस्य पद सृजना गरिएकोछ । उनि पदाधिकारी वैठकमा समेत समेल हुन पाउनेछन