राप्रपा नेपालमा नया नेतृत्वका लागि मतदान हुदै

जेठ १३, काठमाडौ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको महाधिबेशनले आज नया नेतृत्व चयन गर्दै छ ।
अध्यक्षमा कमल थापा रहेकोमा यसपल्ट पद्म सुन्दर लावतीले पनि इच्छा प्रकट गरेका छन । उनिहरु सहित २ सय १६ जना केन्द्रिय सदस्यकालागि आंकक्षी रहेका छन् । यसैपटक पारित गरिएको विधानमा कार्यसमिति सदस्यको सङ्ख्या १२७ पुर्‍याइएको छ । यसअघि ४५ सदस्यीय कार्यसमिति थियो । पार्टीलाई समावेशी बनाउनका लागि २० जना केन्द्रीय सदस्यलाई दलित जनजाति, मधेसी, मुसलमान, पिछडिएका वर्ग, सीमान्तकृतको आधारमा आरक्षणको व्यवस्था गरिएको छ । त्यस्तै अध्यक्ष तथा ५० प्रतिशत सदस्यको प्रत्यक्ष निर्वाचनको व्यवस्था गरिएको छ । कार्यसमितिको पदाधिकारी नवनिर्वाचित अध्यक्षले क्षेत्र, भूगोल तथा सङ्गठन निर्माणमा योगदान गरेका नेतालाई सन्तुलित ढङ्गले मनोनयन गर्ने व्यवस्था विधानले गरेको छ । निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न पार्टीका वरिष्ठ नेता निरन्जन थापाको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । महाधिवेशन आजै सम्पन्न गर्ने तयारी गरिएको छ । महाधिबेशनल शनिबारदेखि काठमाडौमा सुरु भएको हो ।