एमाओवादीमा पदाधिकारीका लागि निर्वाचन हुदै

जेठ १३, काठमाडौ– एकीकृत नेकपा माओवादीले आज निर्वाचन मार्फत पदाधिकारी चयन गर्दैछ । यस अघि पोलिटव्यूरो सदस्य र स्थायी समिति सदस्य चयन गरिसकेको छ ।
आज स्थायी समितिका १६ सदस्यबाट पदाधिकारी चयन गर्नुपर्ने हुन्छ । पदाधिकारीको चुनाव तीन चरणमा गर्ने तयारी गरिएको माओवादीले जनाएको छ । पहिलो चरणमा उपाध्यक्ष, दोस्रो चरणमा महासचिव र सविच र तेस्रो चरणमा कोषध्यक्षको चयन हुनेछ ।
पदाधिकारीमा २ उपाध्यक्ष, १ महासचिव, ३ सचिव र १ कोषाध्यक्ष छानिने छन् । बाबुराम भट्टराईले उपाध्यक्षमा नबस्ने घोषणा गरे पनि बरिष्ठ उपाध्यक्ष छानिने सम्भावना रहेको छ । पदाधिकारीको चुनाव ११ बजे पार्टी कार्यालय कोटेश्वरमा तय गरिएको छ । अहिले पदाधिकारी चयनमा सहमति खोज्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक छलफल गरिहरनुभएको छ । सहमतिका आधारमा मतदान गर्ने गरि छलफल थाल्नु भएको उहााको निजी सचिवालयले जनाएको छ ।