प्रधानमन्त्री कोइरालाले आज मोदीसंग भेटवार्ता गर्ने

जेठ १३, काठमाडौ–भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री सुशील कोइरालाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका अन्य नेताहरुसंग भेटवार्ता गर्नु हुने भएको छ । आज पौने १२ बजे प्रधानमन्त्री कोइरालाले हैदरावाद हाउसमा भारतीय समकक्षी मोदीसंग दुई पक्षीय हितका बिषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । यस्तै आजै अपराहन्न प्रधानमन्त्री कोइरालाले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफसंग भेटवार्ता गर्नु हुने भएको छ । सरिफसंगको भेटवार्ता पछि प्रधानमन्त्री कोइरालाले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसंग भेट गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कोइरालाले कााग्रेस आईकी अध्यक्ष सोनिया गान्धीसंग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । कोइरालाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग पनि आजै भेटघाट गर्ने कार्यक्रम रहे पनि समय भने तय भैसकेको छैन । यस्तै उहााले सार्क राष्ट्र अन्तर्गतका बिभिन्न देशका सरकार प्रमुखसंग पनि दुई पक्षीय भेटघाटको तयारी गर्नु भएको छ । कोइराला भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागि हुन हिजो नयाा दिल्ली पुग्नु भएको थियो । कोइरालाले हिजो भारतका निवर्तमान प्रधानमन्त्री मनमोहन सिंहसंग भेट वार्ता गर्नु भएको थियो ।