राप्रपा नेपालमा नेतृत्वका लागि उम्मेदवारी दर्ता

जेठ १२,काठमाडौ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आगामी अध्यक्षका पदका लागि भिडन्त हुने भएको छ । शनिबारदेखि राजधानीमा जारी राप्रपा नेपालको महाधिवेशनमा नेतृत्वका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । राप्रपा नेपालमा कार्यसमितिमा वसेर काम गर्ने आकांक्षीहरु धेरै देखिएपछि अब निर्वाचन प्रक्रियानै हुने भएको हो । सोमबार भएको उम्मेदवारी दर्तामा आगामी अध्यक्षका लागि बर्तमान अध्यक्ष कमल थापा र सह–अध्यक्ष पदमसुन्दर लावतीको उम्मेदवारी दर्ता भएको छ । यसका साथै १ सय २७ केन्द्रीय सदस्यका लागि २ सय ३९ जनाको मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ । यस अघि ४५ सदस्यीय केन्द्रीय समिति रहेकोमा यसै पटक बिधान संशोधन गरी १ सय २७ सदस्यीय बनाईएको हो । निर्वाचन प्रक्रिया भने मंगलबार बिहान ८ बजेबाट सुरु हुने छ । मंगलबार निर्वाचन सकेर त्यहि दिन महाधिवेशन समापन गर्ने राप्रपा नेपालको कार्यतालिका छ ।
राप्रपा नेपालको ‘अध्यक्ष’ भिडन्त