राप्रपा नेपालको बन्दसत्रमा राजनीतिक प्रस्तावमा छलफल जारी

जेठ १२, काठमाडौ– शनिबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको महाधिवेशन अन्तर्गत बन्दसत्र जारी छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा जारी बन्दसत्रमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा छलफल भैरहेको छ । पार्टी अध्यक्ष थापाको प्रतिबेदनमाथिको छलफल पछि महामन्त्री चन्द्रबहादुर गुरुङले प्रस्तुत गरेको सांगठनिक कार्ययोजनासहितको प्रतिवेदनमा छलफल गर्ने तयारी रहेको छ । भोलिसम्म चल्ने महाधिवेशनले नयाा नेतृत्व चयन गर्ने छ भने बिधान संशोधन र भावी कार्यदिशा पनि तय गर्ने छ । देशभरबाट २ हजारभन्दा बढि प्रतिनिधि सहभागी महाधिवेशनले नयाा नेतृत्व भने सर्वसम्मत रुपमा चयन गर्ने एक नेताले जानकारी दिए ।