भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्ने

जेठ १२, काठमाडौ– भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् । प्रधानमन्त्री मोदीलाई राष्ट्रपति प्रणव मुखर्जीले साझ साढे ६ बजे राष्ट्रपति कार्यलयमा सपथ ग्रहण गराउने तयारीमा छन् । मोदीको सपथ ग्रहणमा दक्षिण एसियाका बिभिन्न देशका सरकार प्रमुख सहभागी हुने कार्यक्रम रहेको छ । सपथमा नेपालका प्रधानमन्त्री सुशील कोइराला, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, अफगानिस्तानका राष्ट्रपति हामिद कारजायी, माल्दिभ्सका राष्ट्रपति अब्दुल यमीन अब्दुल गयुम, श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षे, भूटानका प्रधानमन्त्री शोरिंग तोग्बे उपस्थती हुदैछन् । ती मध्ये केहि पाहुना भने भारत पुगीसकेका छन् ।त्यसैगरी सपथ ग्रहण समारोहमा काग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, उपाध्यक्ष राहुल गान्धी, पूर्व क्रिकेटर तथा भारत रत्नबाट सम्मानित सचिन तेन्दुलकर, अभिनेता अमिताभ बच्चन, सलमान खान, रजनीकान्त, अनुपम खेर तथा गायिका लता मंगेशकर पनि सपथ ग्रहण सहभागी हुने सम्भावना रहेको छ ।आफ्नो सपथ ग्रहण लगतै प्रधानमन्त्री मोदीले सानो आकारमा मन्त्रिमण्डल गठनको तयारी गरेका छन् । उनले आफ्नो सरकारमा चतुर प्रशासन हुने र प्रशासनिक काममा फेरबदल हुने जनाएका छन् ।