प्रधानमन्त्री सुशील कोइराला शपत ग्रहणमा सहभागि हुन भारत प्रस्थान

जेठ १२, काठमाडौ–प्रधानमन्त्री सुशील कोइराला नवनिर्वाचित भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागि हुन १३ सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गर्नु भएको छ ।

प्रधानमन्त्री कोइराला जेट एअरवेजको नियमित उडानमार्फत भारत प्रस्थान गर्नु भएको हो । कोइरालाका साथमा सुजाता कोइराला, सशांक कोइराला, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई, तीन पत्रकार लगायत छन् ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि दिल्ली पुगिसक्नुभएको छ । आज साझ नयादिल्लीमा हुने सपथ ग्रहणमा सार्क लगायत विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा गरिएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री कोइरालाले भारतीय समकक्षी, भारतीय राष्ट्रपति प्रणव मुखर्जी, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिाह, भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनीया गान्धी लगायत अन्य विभिन्न दलका शीर्ष नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीले भारतमा रहादा विभिन्न सार्क राष्ट्रका सरकारप्रमुखसाग साईडलाईन वार्ता गर्ने तयारी छ ।