न्याय सम्पादन प्रक्रियालाई सरल बनाउन के गर्नुहुन्छ ?

जेठ ११, काठमाडौ –संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित न्यायाधीश चोलेन्द्रशमसेर जवराका विषयमा सिंहदरबारमा सुनुवाई जारी छ ।
सुनुवाईमा सभासदहरुले सर्वोच्च अदालतको इजलासबाट कारबाहीकालागि सिफारिस भएपनि किन कारबाही नभएको भन्दै जिज्ञाशा राखेका छन् । फैसला गर्दा गम्भीर त्रुटि गरेको आरोप लगाउदै सभासदहरुले तर्कराज भट्ट र सुशीला कार्कीको इजालसले कारबाहीको सिफारिस गरेको थियो ।
यसैगरी उनीहरुले सर्वोच्च अदालतको न्यायाधीश सिफारिस हुदा न्यायपरिषद्का सदस्यहरुलाई करोडौ रकम दिएको अभियोगका विषयमा पनि प्रष्ट पार्न आग्रह गरेका छन् । नेपाली कांग्रेसकी सभासद आरजु राणाले न्याय सम्पादन प्रक्रियालाई सरल र सहज बनाउन के गर्नुहुन्छ भनी जिज्ञाषा राख्नु भयो । पुनराबेदन अदालतको मुख्य न्यायाधीशमा अयोग्य भएको व्यक्ति कसरी पैसा खुवाएर सर्वोच्च अदालतको न्यायाधीशमा योग्य हुनु भयो भनी  जिज्ञाशा राखेका छन् । सुनुवाई अहिले पनि जारी छ । आजै बाकी एक जना न्यायाधीश जगदीश शर्मा पौडेलको पनि सुनुवाई गर्ने तयारी गरेको छ ।