एमाओवादीको आन्तरिक निर्वाचन सम्पन्न, भट्टराई पक्षले बहिष्कार गरे

जेठ ११, काठमाडौ–एकीकृत नेकपा माओवादीले पोलिटव्युरो सदस्य चयनका लागी गरेको  आन्तरिक चूनाव सम्पन्न भएको छ । ५१ जना पोलिटव्युरो सदस्य छान्न भएको निर्वाचनमा एक सय १६ मत खसेको छ ।
एमाओवादीमा एक सय ५१ केन्द्रिय सदस्य रहेका छन । आजको निर्वाचन भट्टराई पक्षका २७ जनाले बहिष्कार गरेका छन  ।  ८ जना मतदान प्रक्रियामा सहभागी भएका छैनन । आजै साझसम्म पोलिट्ब्युरो सदस्यको टुङ्गो लाग्ने र उनीहरुले १७ जना स्थायी समिति र स्थायी समितिले ९ जना पदाधिकारी चयन गर्ने माओवादीले जनाएको छ ।
नेतृत्व चयनका बिषयमा शिर्ष नेताहरुबिच नै कुरा मिल्न नसकेपछि केन्द्रीय समितिको बैठकले चुनावको कार्यविधि तयार गर्दै आजका लागी निर्वाचन तोकेको थियो । आकांक्षीहरुको सङख्या धेरै भएकोले मतदान प्रक्रियाबाटै केन्द्रिय कमिटीका पदाधिकारी, स्थायी समिति सदस्य र पोलिटव्युरो सदस्यको टुङगो लगाउने निर्णय माओवादीले गरेको हो ।