राप्रपा नेपालको बन्द सत्र आजवाट

जेठ ११, काठमाडौ– काठमाडौमा शनिवार देखि सुरु भएको राप्रपा नेपालको प्रथम महाधिबेशनको बन्द सत्र आज हुदैछ । महधिवेशनको बन्दसत्र राष्ट्रिय, प्रजातन्त्र र सनातन धर्मको रक्षा गर्दै अबको गन्तव्य आर्थिक समृद्धीमा भन्ने नारा सहित नेपाल प्रज्ञा प्रतिष्ठन कमलादीमा हुने सहमहामन्त्रि राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बन्दसत्रमा अध्यक्ष कमल थापाले पार्टीको बैचारिक अवधारणा, वर्तमान परिस्थिति एवं भावि कार्यदिशा सम्बन्धी राजनीतिक दस्तावेज पेश गर्दै हुनुहुन्छ । त्यस्तै महासचिव चन्द्रबहादुर गुरुङले संगठनात्मक सुदृढिकरण सम्बन्धी दस्तावेज, संविधान संसोधनको प्रस्ताव लेजाने राप्रपाले जनाएको छ । राप्रपा नेपालले राजनीतिक दस्तावेजमा राजा सहितको प्रजातन्त्र र सनातन हिन्दु राष्ट्रको एजेन्डालाई कायम नै राख्ने भएपनि नाम भने परिवर्तन गर्ने बताइएको छ । महाधिबेशनमा २ सय ४० निर्वाचन क्षेत्र तथा जिल्ला जनवर्गिय संगठनका २ हजार २ सय प्रतिनिधि र ३ सय पर्यवेक्षकले सहभागिता जनाएका छन् ।