एमाओवादी पदाधीकारीको निर्वाचन दिउसो

जेठ ११, काठमाडौ– एकीकृत माओवादीको पदाधिकारी, स्थायी समिति र पोलिट्व्युरो चयनका लागि आज निर्वाचन हुने भएको छ । हिजो नै निर्वाचन हुने भनिएपनि नेताहरु सहमति प्रयासमा दिनभर व्यस्त भएपछि आजको लागी सारिएको हो । सहमति हुन नसकेपछि नेता बाबुराम भट्टराइ पक्षले भने निर्वाचनमा सहभागीता नजनाउने घोषणा गरेको छ । निर्वाचन अपराह्न्न १२ पछि शुरु हुने निर्वाचन संयोजक एन के प्रसाइले जानकारी दिनुभयो । यस अघि हिजो बसेको माओबादीको बैठकले ९ जना पदाधिकारी, १७ सदस्यीय स्थायी समिति र ५१ सदस्यीय पोलिट्व्युुरो बनाउने निर्णय गरेको छ । साझा प्यानल निर्माण गरी निर्वाचनमा जाने प्रयास भएपनि मूलमुद्धामा सहमति नभएपछि भट्टराई पक्षले सहभागीता नजनाउने भट्राइ निकट एक नेताले जनाएका छन् ।