मोहत्तरीमा आगलागी हुदा ४ लाखको क्षति

जेठ १०, महोत्तरी–महोत्तरीको हात्तीसर्बा ९ को एक घरमा गएराती आगलागी हुदा ४ लाख रुपैया भन्दा वढीको क्षति भएको छ । स्थानीय मोहीकरण महराको घर गोठमा अचानक आगलागी हुदा घरसहित  नगद रकम, लगाउने गरगहना, कपडा, भाडाकुडा र खाद्यान्न समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब निरीक्षक बिजय भण्डारीले जानकारी दिनुभयो ।
ओछ्यानमा टुकी बत्ती ढलेपछि आगलागी सुरु भएको पीडित परिवारले बताएका छन् । आगलागीमा परी एउटा गाई र दुई वटा बाख्रा पनि मरेका छन् । सम्पूर्ण सरसमान जलेपछि महरा परिवारको बिचल्ली भएको छ ।
प्रहरी र स्थानिबासिन्दाको सक्रियताले वरपरका अन्य घरमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।