समता दिवसको उपलक्ष्यमा नेकाले भेदभावविरुद्व अभियान चलाउने

जेठ १०, काठमाडौ–आज राष्ट्रिय समता दिवस । सरकारी तथा गैरसरकी संघ संस्थाले बिभिन्न कार्यक्रम गरी दिवस देशभर मनाइदैछ  । यसै अवसरलाई छोपी नेपाली काग्रेसले आजदेखि छुवाछूत र भेदभावविरुद्व अभियान चलाउने भएको छ ।
काग्रेसको १२ औ महाधिवेशनद्वारा पारित नीति र कार्यक्रममा प्रत्येक वर्ष जेठ १० गते छुवाछूत र विभेदविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरी राष्ट्रिय समता दिवसको आयोजना गर्ने भनिएकोछ । जस अनुसार  जिल्ला, क्षेत्र, नगर र गाउ तहका कार्यसमिति, भ्रातृ एवम् शुभेच्छुक संस्थाले छुवाछूत र भेदभावविरुद्ध जेठ १० गतेदेखि अभियान चलाउन लागेका हुन् । छुवाछूत र विभेदविरुद्ध व्यावहारिक क्रान्तिको सुरुवात गर्ने पहिलो पार्टी काग्रेस नै भएको बताउदै केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले राष्ट्रिय समता दिवस भव्यताका साथ मनाउन पार्टीका सबै निकायलाई परिपत्र गरिएको बताउनुभयो ।