संसदीय सुनुवाई समितिको वैठक आजपनि

जेठ १०, काडमाडौ–संसदीय सुनुवाइ विशेष समितिको वैठक आजपनि बस्ने भएको छ । सर्वोच्च अदालतकालागि सिफारिस गरेका ६ जना न्यायाधीशहरुको सुनुवाई शनिवार दिउसो २ बजेपछि सिंहदरबारमा हुन लागेको हो ।
गत वैशाख ९ गते सिफारिस गरिएपनि सुनुवाई समिति भित्रै विवाद हुदा हिजोबाट मात्रै सुनुवाई सुरु भएको हो ।
आज प्रस्तावीत न्यायधीशहरु दिपकराज जोशि, गोविन्द कुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर राणा र जगदिश पौडेल मध्ये बढीमा ३ जना माथि परेका उजुरीमा सोधपुछ गर्ने समीतीकी सदस्य आरजु राणाले जानकारी दिनुभयो ।
समितिले सुक्रवार न्यायधीशद्धय बैद्यनाथ उपाध्याय र गोपाल परजुलीसग सुनुवाइ गरिसकेकोछ ।
आगामी मंगलबार ३५ दिने हदम्याद पुरा हुने भएपछि समिति अहिले हतार हतार सुनुवाईमा व्यस्त भएको छ ।