एमाले गुल्मीका अध्यक्ष टोमलाल पाण्डेको नया दिल्लीमा निधन

जेठ ९, काठमाडौ– नेकपा एमाले गुल्मीका अध्यक्ष टोमलाल पाण्डेको नया दिल्लीमा निधन भएको छ । व्रेन ट्युमरको उपचार गराउदा गराउदै  शुक्रवार विहान पाण्डेको दिल्ली स्थित एम्स अस्पतालमा निधन भएको हो ।
२०२६ सालमा कम्यूनिष्ट पार्टीमा लागेका पाण्डे तत्कालीन माक्र्सवादी विद्यार्थी संगठन सदस्य, युवा संघको केन्द्रीय सचिव, पार्टीको अञ्चल सदस्य हुदै हाल एमाले गुल्मी जिल्ला अध्यक्षका रुपमा काम गरिरहनु भएको थियो ।
लुम्विनी अञ्चल सम्पर्क कमिटी सचिव शुशिल भटराइका अनुसार पाण्डेको सव दिल्लीवाट नेपाल तर्फ  ल्याउदै गरिएको छ । शनिवार गुल्मी पार्टी कार्यालयमा राखि अ श्राद्धञ्जलि दिने र अन्तिम सस्कारका लागि रिडी लैजाने वताइएको छ ।