एमाओवादीको पदाधिकारी चयन गर्ने तयरी

जेठ १०, काठमाडौ–एकीकृत नेकपा माओवादीको केन्द्रिय कमिटिको वैठक आजपनि बस्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाडामा दिउसो २ बजेपछि बस्ने वैठकमा आज संसदीय समिति, पदाधिकरी चयन लगाएतका विषयमा मतदान गर्ने तयारी गरिएको छ । ती समितिहरुमा आकंक्षी धेरै देखिएपछि मतदानबाटै टुंगो लगाउने तयारी एमाओवादीले गरेको हो ।
पदाधीकारीमा नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी सर्वसम्मत हुने र अरुको भने निर्वाचन गर्ने तयारी भएको एक नेताले बताएका छन् । तर सवैमा सर्वसम्मतीका प्रयास गर्ने भन्दै विहानैबाट एकीकृत माओवादीका नेताहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् ।
एमाओवादीले पदाधिकारीको सङ्ख्या अझै तय गरेको छैन । स्थायी समितिमा भने पदाधिकारीसहित १६ जना रहने व्यवस्था गरिएको छ । यस्तै पोलिटब्युरोमा ५१ सीटका लागि १५१ जना केन्द्रीय सदस्यबाट चुनावी प्रतिस्पर्धा गराइनेछ । निर्वाचन केन्द्रिीय समीतीको बैठक समापन लगत्तै हुने प्रवत्ता दिनानाथ शर्माले बताउनुभयो ।