उपनिर्वाचनका लागि उम्मेदवार चयन

जेठ ९, काठमाडौ–नेपाली कांग्रेसले संविधानसभा उपनिर्वाचनका लागि ४ वटै क्षेत्रमा उम्मेदवार तोकेको छ । संसदीय समितिले असार ८ गते हुने संविधानसभा उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको हो । समितिले काठमाडौं क्षेत्र नम्बर २ मा दीपकप्रकाश कुङाकेल, चितवन ४ मा रामकृष्ण घिमिरे, बर्दिया १ मा सोदे विष्ट र कैलाली ६ मा पुष्करनाथ ओझालाई सिफारिस गरेको हो । क्षेत्रीय समितिको सिफारिसका आधारमा उम्मेदवार चयन गरिएको कांग्रेस संसदीय समितिले जनाएको छ । यसैबीच, एकीकृत माओवादील काठमाडौं २ बाट लीलामणि पौडेल, चितवन ४ बाट चित्र बहादुर श्रेष्ठ, बर्दिया १ बाट भवनकुमार थारु र कैलाली ६ बाट लीला भण्डारीलाई उठाउने तयारी गरेका स्रोतले जनाएको छ ।